Friday, July 12, 2013

Khairey


जन नि जन्म भुमिस्च स्वर्गदपी गरियसि ।
जन्म दिने आमा र जन्म दिने भुमी स्वर्ग समान हुद छ ।


मान्छे धेरै प्रकार का हुन्छन  । कोही अग्लो, कोही छोटो ,कोही कालो त फेरी  कोही नुन भन्दा पनि गोरो । तर यो कुरा ती प्रकारमा पर्ने कुनै पनि मान्छेको बारेमा होईन । यो कुरा हो त केवल खैरेको ।खैरे, आखिरमा हो के ?  एस्को के हो जात ?  खैरेलाई अम्रिकाने पनि भन्न सकिन्छ  र म कुरा पनि अम्रिकाने कै बारेमा गर्दै छु । को हुन यिनी हरु ? र के सोचेर हिड्छन त यिनी ? नेपालमै जन्मेका हुन । नेपालमा  हुर्केका पनि हुन  र दाल भात थुपार्दै अनि सिसिमा थिचिएको  मुलाको अचार कड्याम्मा टोक्दै  बजार्दै रगत मासु बनाका  हुन । त फेरी किन यिनीहरु खैरे भए त ? तपाईंले बुझ्नु भएन होला सायद मेरो कुरा । मैले “White American” को बारे कुरा गरेको हैन । मलाई उनी हरु सँग कुनै पनि रिस - राग अनि मन - मुटाब छैन । मलाई मन पर्छ उनीहरु । स्वभाबशील र अरुको खासै वास्ता नगर्ने र आफ्नो अरुले  पनि वास्ता गर्ला  भनेर नसोच्ने । यही देश्मा जन्मे, हुर्के र  यही बिचार पनि पाए ।


White washed ( सेतोले धोइएका ) vs Fresh off the boat ( नया ठाउँ भख्खर आइपुगेका )

Fresh off the boat: हो भख्खर प्लेन्बाट झर्नु बित्तिकै मान्छे  केहि महिना र बर्स सम्म पनि नया देश्को परिबेश्मा भिज्न सक्दैन । तर उस्ले ढिला चडो नया परिबेश्मा प्रबेश गरेर परिभाशित हुन्छ अनि  बुज्छ पनि । ऊ तेस्मा चुर्लुम्मै डुबेर आफ्नै सन्स्कृती र देश्लाई चै बिर्सन सक्दैन । "Fresh off the boat" पनि रहन्न र "white washed" पनि हुँदैन ।
तर! नेपाली खैरे चै किन "white washed", मैले बुझ्नै सकिन । अम्रिकाको हावा पानीमा निथ्रुक्क मुसा जस्तो रुझेको लाग्छ उनीहरु ।
कसैले नेपालीमा बोले पनि अङ्रेजिमा उत्तर फर्कौनु पर्ने हुन्छ उनीहरुलाई । यो देश्को अमेरिकान सँग घुम्न र रम्न पौदा नेपाली इश्ट मित्रलाई मेड इन चाइनाको जुत्ताले चाक्मा लात हान्न उफ्रन्छन र उफृदा भुइमा खुट्टा टेक्नलाई चै  बिर्सिदो रैछन । यहाँ त एस्तो गर्‍यो गर्‍यो, अफुलाई जन्मौने र हूर्काउने आमा - बालाई समेत पन्छाएर "युटुब" हेर्न  धेरै रमौछन । फोनमा २ मिनट कुरा गर्दा आमा - बा माथि उपकार गर्देको भन्ने ठान्दछन यिनी ।
आखिरमा कसरी हुन्छन यस्तो खैरे ती नेपालीहरु ?  मलाई एक्दम डर लाग्थ्यो "कतै मै पनि तेस्तै बन्ने पो हो कि? बनी पो सकेकी?" भनेर । तर ममा कुनै पनि तेस्तो लछ्यन देखिन  र मैले सोँच गरे पनि "के म पाखे पो हो कि ?"

रोम भन्ने शहरमा रोम बासीहरुको जस्तै चाल - चलन गर्नुरे ।
अमेरिकामा आएपछी नेपाली पारा मै बस्नु पर्छ भनेको हैन । मानिस नास्तिक नै भए पनि आमा बाबु र परिवारलाई बिर्सनु भएन । चित्त दुखाउनु भएन ।  देशको चिन्ता  नलागे पनि सराप्नु भएन । धेरै चोट र दुख पएर बुढी भएको देश हो नि हाम्रो त । पढेर सिक्ने र परेर सिक्ने भने जस्तै परी परी सिकेको हो नि हाम्रो देश ले त ।


No comments:

Post a Comment